दफा ३६
प्रमाण बुझ्ने आदेश
(१) प्रतिवादी चुक्ता भएपछि प्रमाण मुकररको लागि पेसी तारिख तोक्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम तोकिएको तारिखमा इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२४ को प्रयोजनको लागि वादी प्रतिवादी बिच छलफल गराई मुद्दामा ठहर गर्नु पर्ने कुरा र सोसँग सम्बद्ध कुराहरु खुलाई प्रमाण बुझ्न आदेश गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिम प्रमाण बुझ्ने आदेश गर्दा सकभर बुझ्नुपर्ने सबै प्रमाण बुझ्न एकै पटक आदेश गर्नु पर्नेछ।